सकियो लक्ष्मी ल्युब आयलको च्यानल मिट – Nepal Press

सकियो लक्ष्मी ल्युब आयलको च्यानल मिट

काठमाडौं । टोटल इनर्जिजको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ल्युब आयल प्रालिले आफ्नो रिटेलर मिट २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ ।

टोटल इनर्जिज इन्डियाका प्रमुख कार्यकारी अधिकृत विकेन नजारियनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका वरिष्ठ प्रबन्धक (निर्यात) पर्बिनकुमार, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक निराकर श्रेष्ठ, निर्देशकहरु अनुकूल श्रेष्ठ, सुलभ श्रेष्ठ, अनुभव श्रेष्ठ र सेल्स हेड सुबोध थापालगायतको उपस्थिति थियो ।

नेपालमा टोटल इनर्जिज ब्रान्डको विकासका लागि नयाँ योजना, रणनीति र प्रगतिका बारेमा जानकारी गराउँदै डिलर र रिटेलरहरुसँगको सम्बन्धलाई सुदृढ बनाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको लक्ष्मी ल्युबले जनाएको छ । कम्पनीका अनुसार देशभरका २०० भन्दा बढी डिलर र रिटेलरहरु सहभागी उक्त कार्यक्रम लक्ष्मी ल्युब आयलको हालसम्मकै सबैभन्दा ठूलो डिलर कार्यक्रम हो ।

कार्यक्रमको शुभारम्भ गर्दै लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले व्यवसायको सफलतामा डिलर तथा रिटेलरहरुको महत्वपूर्ण भूमिका रहने धारणा राख्दै टोटल इनर्जिजसँगको सहकार्यलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

टोटल इनर्जिज मार्केटिङ इन्डियाका प्रमखु कार्यकारी अधिकृत विकेन नजारियनले टोटल इनर्जिजलाई विश्वको चौथो ठूलो लुब्रिकेन्ट कम्पनी बनाउने प्रमुख आधारबारे जानकारी गराए ।

उनले कम्पनीको नवीनता, गुणस्तर र पर्यावरणीय उत्तरदायित्वप्रतिको अटल प्रतिबद्धताको चर्चा गर्दै ग्राहकहरुलाई कसरी अत्याधुनिक प्रविधि र दिगो प्रयोगको माध्यमबाट उत्कृष्ट उत्पादनहरु प्रदान गरिरहेकोबारे प्रकाश पारे ।

पर्बिनकुमार र सुबोध थापाले २०२४ मा भएका विविध गतिविधि तथा नेपालमा बजार विस्तारको योजना र रणनीतिका बारेमा प्रस्तुति दिएको कार्यक्रममा २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने साझेदारहरुलाई सम्मान गरिएको थियो ।

काठमाडौं जोरपाटीस्थित शंकर यमुना अटो पार्ट्सलाई गत वर्षको उत्कृष्ट डिलरको अवार्ड प्रदान गरिएको थियो । चन्द्रागिरीस्थित चन्द्रागिरी अटो क्लिनिकले उत्कृष्ट रिटेलर र किसान ट्रेडिङ कन्सर्नले उत्कृष्ट ओईएम/फ्लिट अवार्ड हात पारे । उनीहरुलाई लक्ष्मी ग्रुपका अध्यक्षलगायतले अवार्ड हस्तान्तरण गरे ।

कार्यक्रमा सहभागी सम्पूर्ण डिलर तथा रिटेलरहरुलाई उनीहरुले ब्रान्डको प्रवर्द्धन गर्न निरन्तर गरेको योगदानस्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम अवधिभर उनीहरुले लक्ष्मी ल्युब आयलसँगको सहकार्यका अनुभवहरु साझा गर्दै कम्पनीको समर्थन, समयमै आपूर्ति र उत्पादनको गुणस्तरप्रतिको प्रतिबद्धताबारे छलफल गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर