पीएन क्याम्पसमा अनेरास्ववियुको अग्रता जारी, २ सय मतगणना हुँदा कसको कति ?

२०८१ चैत ११ गते १३:३६

काठमाडौं । पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियू चुनावको मतगणना जारी रहेको छ ।
२ सय मतगणना हुँदा अनेरास्ववियुले अग्रता कायमै राखेको छ । अनेरास्ववियुका अध्यक्ष उम्मेदवार विष्णु पोखरेलले ८७ मतसहित अग्रता लिएका हुन् ।
दोस्रो स्थानमा नेविसंघका सुशील न्यौपानेले ३८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले २४ र अखिल क्रान्तिकारीका नविन अधिकारीले १७ मत ल्याएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर