सिटिजन्स बैंकको अगुवाइमा नेपालमै पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजनामा वित्त व्यवस्थापन – Nepal Press

सिटिजन्स बैंकको अगुवाइमा नेपालमै पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजनामा वित्त व्यवस्थापन

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा माछापुच्छ्रे बैंकसहित दुई बैंकले ९५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी नेपालमै पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजना आउने भएको छ ।

प्रवर्द्धक कम्पनी उपाय वयरहाउजिङ प्रालि एवं लगानीकर्ता बैंकहरुबीच आइतबार वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा व्यवस्थापन भएको छ । उक्त परियोजना बाग्मती प्रदेशको काभ्रेस्थित बनेपा नगरपालिकाको नासिकास्थान सांगामा निर्माण हुनेछ ।

परियोजनाको अनुमानित लागत करिब रु. १ अर्ब २० करोड ७ लाखमध्ये बैंकहरुले ८५ करोड बराबरको आवधिक कर्जा (निर्माण अवधिको ब्याजबाहेक) बढीमा ८०ः२० को ऋण स्वपुँजी रहने गरी लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंकबाट ६० करोड (आवधिक कर्जा रु. ५० करोड, बैंक ग्यारेन्टी सुविधा रु ५ करोड र क्यास क्रेडिड कर्जा रु ५ करोड) र माछापुच्छ्रे बैंकबाट रु. ३५ करोड (आवधिक कर्जा) लगानी हुनेछ ।

बाँकी स्वपुँजी प्रवर्द्धकहरुबाट जुटाइनेछ । परियोजना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरी भण्डारण सेवा प्रदान गर्ने लक्ष्य राखिएकोे छ ।

सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्सले स्थापनाकालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाइ, सहअगुवाइ तथा अन्य बैंकहरुसँगको सहवित्तीयकरण कर्जामार्फत जलविद्युत, हरित ऊर्जा, अस्पताल, उत्पादन तथा अन्य क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको जानकारी दिए ।

प्रवर्द्धक कम्पनी उपाय वयरहाउजिङ प्रालिका अध्यक्ष सुमन रायमाझीले आगामी दुई वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी तेस्रो पक्ष भण्डारण सेवा, प्याकेजिङ सेवा, कार्यालय सामग्रीको आपूर्ति तथा प्रबन्ध सेवा, लेबलिङ सेवा, ढुवानी सेवा तथा अन्य सम्पूर्ण सेवा प्रदान गरिने बताए ।

विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि पाउन सफल बैंकले केही समयअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।

सिटिजन्स बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर