पीकेमा विद्रोही समूहबाट सचिव जितेकी सन्ध्यालाई प्रश्न- तपाईंहरुलाई गगन गुटको भन्छन् नि ? (भिडिओ) – Nepal Press
नेपाल टक

पीकेमा विद्रोही समूहबाट सचिव जितेकी सन्ध्यालाई प्रश्न- तपाईंहरुलाई गगन गुटको भन्छन् नि ? (भिडिओ)

काठमाडौं । पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेपाल विद्यार्थी संघबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका विद्यार्थीहरुले आज जुलुस निकालेर खुसी साटे । नेविसंघको आधिकारिक उम्मेदवारलाई हराउँदै त्रिविअन्तर्गतको आंगिक क्याम्पस पद्मकन्या क्याम्पस सभापतिमा नेविसंघकै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐर निर्वाचित भएकी थिइन् ।

यद्यपि अन्तिम समयमा नेविसंघले यही समूहलाई नै आधिकारिक घोषणा गरेको थियो, तर आधिकारिक को भन्ने विवाद नै रहिरह्यो । स्वतन्त्र उठ्ने अवस्था कसरी आयो, आगामी कार्ययोजनालगायतका विषयमा केन्द्रित रहेर स्ववियुकी नवनिर्वाचित सचिव सन्ध्या बस्यालसँग गरिएको सवाफजवाफः

– स्वतन्त्र उठ्नुपर्ने अवस्था कसरी आयो ?

स्वतन्त्र उठ्नुपर्ने कुरामा धेरै टेक्निकल इस्युहरु थिए । हामी पहिले नेविसंघमा नै आबद्ध थियौं, तर केही कारणबस केही ढिला टिकट आयो हामीलाई । त्यसैले हामी स्वतन्त्र समूह बनाएर उठ्न बाध्य भयौं ।

– संगठनबाट ब्याक गराउन दबाब आयो कि आएन ?

त्यस्तो दबाब आएन । पछि हामीलाई केन्द्रबाट आधिकारिक पत्र पनि आएको थियो । प्रक्रियागत रुपमा जाँदा ढिला पत्र आउनाले हामी स्वतन्त्र रुपमा नै अघि बढ्यौं । कलेज प्रशासनबाट पनि केही दबाब आएन । नेविसंघकै अर्को समूहले भने विमति राखेको थियो, तर कलेज प्रशासनको पूर्ण सहयोगकै कारणले हामीले स्ववियु निर्वाचनमा भाग लियौं र सम्पन्न पनि गराउन सफल भयौं ।

– तपाईंहरुलाई पार्टीभित्र गगन थापा गुटको मान्छे भन्छन् नि ?

त्यो आरोप छ, भई नै राख्छ । गगन प्यानल भएपछि जो राम्रो काम गर्छ, उसैको निकट हामी छौं । टेक्निकल इस्युको कारणले स्वतन्त्र उठ्यौं, तर हामी नेविसंघकै विद्यार्थी हौं । नेविसंघकै उम्मेदवार हौं ।

– अब कसरी अगाडि बढ्नुहुन्छ ?

हामी अहिले फरक र स्वतन्त्र समूह बनाएर उठेका छौं । हाम्रो काम गर्ने कार्यशैली पनि फरक हुनेछ । हामीले सबै विद्यार्थी साथीहरुको समस्या टिपोट गरेर राखेका छौं । उहाँहरुको समस्या र आवाजलाई सुनेका छौं । त्यहीअनुसार टीम मिलेर काम गर्छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर