प्रधानमन्त्री कपः अर्जुन कुमालले हाने शतक – Nepal Press

प्रधानमन्त्री कपः अर्जुन कुमालले हाने शतक

राष्ट्रिय टीमका स्टारहरुलाई पछि पार्दै सर्वाधिक रन बनाउने ब्याट्सम्यानको शीर्ष स्थानमा १९ वर्षीय अर्जुन

काठमाडौं । युवा ब्याटर अर्जुन कुमालले प्रधानमन्त्री कप क्रिकेटमा शतक प्रहार गरेका छन् । मधेशविरुद्ध गण्डकीका कुमालले शतक प्रहार गरेका हुन् ।

पहिले ब्याटिङ गर्दै मधेशले २४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । गण्डकी पनि लक्ष्य पछ्याउने क्रममा २४६ रनमै अलआउट भएपछि खेल  बराबरी भयाे । त्यसपछि भएकाे सुपर ओभरमा गण्डकीले नतिजा आपफ्नाे पक्षमा पारेकाे छ ।

अन्तिम ओभरमा गण्डकीलाई जितका लागि ८ रन आवश्यक थियो भने हातमा दुई विकेटमात्र थिए । मधेशले ७ रनमात्र जोड्न सक्यो । अन्तिम बलमा दुई रन चाहिएकोमा ब्याट्सम्यान आउट भएका थिए ।

हरिशंकर साह र रुपेश सिंहले अर्धशतक हानेपछि मधेशले २४६ रनको चुनौतीपूर्ण स्कोर जोडेको थियो । जवाफी ब्याटिङमा अर्जुनले गण्डकीलाई डोर्‍याए, तर अन्य ब्याटरहरुको बलियो साथ पाउन सकेनन् ।

अर्जुन १४० बलमा १ छक्का र १० चौकासहित १०६ रन बनाएर आउट भए । उनी आठौं विकेटका रुपमा पेभिलियन फर्किँदा गण्डकी जितभन्दा ५३ रन टाढा थियो । विपीन खत्री र सुदीप अर्यालले आठौं विकेटका लागि बलियो साझेदारी गर्दै गण्डकीलाई जितको नजिक पुर्‍याएका थिए । विपीनले २६ र सुदीपले विस्फोटक ब्याटिङ गर्दै २३ बलमा अविजित ३४ रन बनाए, तर अन्तिम बलमा सुदीपले दुई रन लिन नसक्दा गण्डकीले बराबरीमा चित्त बुझाउनुपर्‍यो ।

आजको शतकसँगे प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा १९ वर्षीय अर्जुन शीर्ष स्थानमा उक्लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *