संक्रमणकालीन न्यायमा काम गरेका विज्ञसहित तीन दलका शीर्ष नेता वार्तामा – Nepal Press

संक्रमणकालीन न्यायमा काम गरेका विज्ञसहित तीन दलका शीर्ष नेता वार्तामा

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । केही बेरअघिदेखि सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुको बैठक जारी छ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित तीनै दलका शीर्ष नेताहरु सहभागी छन् ।

बैठकमा संक्रमणकालीन न्याय, पछिल्लो समय बढिरहेको राजावादीको सक्रियतालगायतका विषयमा छलफल भइरहेको छ । यस बैठकअघि प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेका थिए ।

संक्रमणकालीन न्याय निरुपणको काम टुंग्याउनकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञ सल्लाहकारका रुपमा पूर्वमहान्यायाधिवक्ता तथा एमाले स्थायी कमिटी सदस्य वरिष्ठ अधिवक्ता अग्नि खरेललाई नियुक्त गरेका हुन् । खरेल महान्यायाधिवक्ता भएका बेलामै विधेयकको मस्यौदा बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर