देशकै ठूलो पीएन क्याम्पसमा एमाले अखिलको अग्रता दोब्बर बढी, कसको कति मत ? (सूची) – Nepal Press

देशकै ठूलो पीएन क्याम्पसमा एमाले अखिलको अग्रता दोब्बर बढी, कसको कति मत ? (सूची)

पोखरा । देशकै सबैभन्दा ठूलो र धेरै विद्यार्थी रहेको पृथ्वीनारायण क्याम्पस (पीएन) पोखराको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतगणना जारी रहँदा एमाले निकट अनेरास्ववियुको अग्रता फराकिलो बन्दै गएको छ ।

पछिल्लो अपडेटअनुसार स्ववियु सभापतिमा अनेरास्ववियुका विष्णु पोखरेलले १६१ मतसहित अग्रता लिइरहँदा दोस्रो स्थानमा नेविसंघका सुशील न्यौपाने ६८ मतसहित पछ्याइरहेका छन् ।

माओवादी निकट अखिल क्रान्तिकारीका नवीन अधिकारीले ३२, नेकपा एससहित विप्लव र वैद्य निकट अखिल संयुक्तका सन्तोष पौडेलको २४ र स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले ५२ मत पाएकी छन् ।

सचिवमा अखिलकै विराट दुवाडी २२२ मतसहित अग्रता लिइरहेका छन् । कोषाध्यक्षमा पनि सोही संगठनकी सन्दिका गुरुङ १८० मतसहित अग्रता लिइरहेकी छन् ।

१५ वर्षपछि स्ववियु निर्वाचन भएको पीएनमा २,८९७ मत खसेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर