केएमसी र दुई श्रमिक आपूर्ति कम्पनीलाई २-२ लाख जरिवाना


काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत नलिई श्रमिक आपूर्ति गर्ने दुई कम्पनी र उक्त कम्पनीबाट कामदार राख्ने काठमाडौं मेडिकल कलेजलाई २-२ लाख रुपैयाँ जरिवाना गराएको छ । यी तीन कम्पनीलाई २-२ लाख जरिवाना गराइएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको हो ।
श्रम ऐन २०७४ अनुसार श्रमिक आपूर्ति गर्न चाहने कम्पनीले इजाजतपत्र लिनुपर्नेमा फाल्कन सर्भिसेस प्रालि र कमलपोखरी सर्पोट सर्भिस प्रालिले इजाजत नै नलिई श्रमिक आपूर्ति गर्ने गरेको अनुगमनका क्रममा भेटिएपछि जरिवाना गराइएको विभागका सूचना अधिकारी मणिराम गोपले जानकारी दिए ।
उनका अनुसार ती कम्पनीसँग सम्झौता गरी श्रमिक आपूर्ति गर्ने सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजलाई समेत २ लाख रुपैयाँ जरिवाना गराइएको छ ।