निर्वाचन मिति घोषणापछि त्रिचन्द्रमा नेविसंघ असन्तुष्ट समूहको नाराबाजी, फर्जी कार्डको छानबिन गर्न माग


काठमाडौं । त्रिचन्द्र क्याम्पस प्रशासन र निर्वाचन समितिले चैत १३ गते स्ववियु निर्वाचन घोषणा गरेकोप्रति एमाले निकट अनेरास्ववियुले असन्तुष्टि जनाएको छ । आफूहरुसँग छलफल नै नगरी हतारहतारमा निर्वाचनको मिति घोषणा गरेको भन्दै नेविसंघको असन्तुष्ट पक्ष रअनेरास्ववियुले नाराबाजी गरेको छ ।
निर्वाचन अधिकृत अङ्गदमणि गौतमले आज सूचनामा चैत १३ गते स्ववियु चुनाव हुने जानकारी गराएका थिए । लगत्तै रातारात फर्जी कार्ड बनाएर वास्तविक विद्यार्थीलाई कार्ड नदिई निर्वाचन गर्न खोजिएको भन्दै नेविसंघको असन्तुष्ट पक्षले नाराबाजी गरेको छ ।
क्याम्पसले १२ सयभन्दा धेरै फर्जी कार्ड जारी गरेको र त्यसको छानबिन नभई निर्वाचन गर्न नहुने नेविसंघको असन्तुष्ट पक्ष अडान छ । क्याम्पस प्रशासन र निर्वाचन समितिविरुद्ध नाराबाजी गरेपछि केही समय तनावग्रस्त बनेको थियो ।
यसअघि चुनाव रोकिएको ल क्याम्पसमा १९ गते, आरआर १६ गते निर्वाचन मिति तोकिँदा त्रिचन्द्रले भने हतारमा निर्वाचन तोकेकोप्रति अनेरास्ववियुको आशंका छ ।
यसअघि चैत ५ गते नै चुनाव हुने भनेपछि विवाद र तालबन्दीका कारण रोकिएको थियो ।