प्रेस सेन्टर कर्णाली प्रदेश समितिको अध्यक्षमा पुनः प्रतीक शर्मा – Nepal Press

प्रेस सेन्टर कर्णाली प्रदेश समितिको अध्यक्षमा पुनः प्रतीक शर्मा

काठमाडौं । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको अध्यक्षमा पुनः प्रतीक शर्मा चयन भएका छन् । उनको नेतृत्वमा २२ सदस्यीय समिति निर्विरोध चयन भएको छ । प्रेस सेन्टर कर्णालीको तेस्रो अधिवेशनको बन्द सत्रले सोमबार शर्मालाई दोस्रो पटक अध्यक्ष चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा धर्मराज जीसी, उपेन्द्रप्रसाद न्यौपाने, तुलसा रोका, महासचिवमा अशोककुमार सिंह, सचिवमा तिलकराज वली, नरजङ्ग तामाङ, जुनाकुमारी रावत, प्रिमाकुमारी विश्वकर्मा, तुलाराज चौलागाईं, कोषाध्यक्षमा कृष्ण शर्मा र लेखा समिति संयोजकमा प्रचण्ड खत्री निर्विरोध चयन भएको प्रेस सेन्टर नेपालका उपमहासचिव एवं निर्वाचन समिति संयोजक दीपेन्द्र शर्माले जानकारी दिए ।

संयोजक शर्माका अनुसार समितिको सदस्य गोविन्द विश्वकर्मा, विक्रम तिरुवा, राकेश विक, सुनिल महरा, रमिता खड्कामगर, इन्द्रबहादुर बुढाथोकी, कालीबहादुर नेपाली, रमेश जैसी, टीकाराज उपाध्याय र कल्पना रावत निर्विरोध चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर