सिजी मोटर्सले नेपाली बजारमा ल्यायो इलेक्ट्रिक पिकअप ‘रिडारा’, मूल्य कति पर्छ ?  – Nepal Press

सिजी मोटर्सले नेपाली बजारमा ल्यायो इलेक्ट्रिक पिकअप ‘रिडारा’, मूल्य कति पर्छ ? 

काठमाडौं । नेपालको पहिला शतप्रतिशत विद्युतीय पिकअप ‘रिडारा’ नेपाली बजारमा सार्वजनिक गरिएको छ । सोमबार एक कार्यक्रममा आयोजना गर्दै उक्त पिकअप सार्वजनिक गरिएको हो ।

नेपालमा ‘रिडारा’ को आधिकारिक वितरक सिजी मोटर्स रहेको छ । यससँगै सिजी मोटर्सले नेपालको दिगो तथा विद्युतीय यातायातको दिशामा ऐतिहासिक कदम रहेको दाबी गरेको छ । अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको ‘रिडारा’ले ईभी पिकअप सेग्मेन्टमा नयाँस्तर स्थापित गर्ने कम्पनीले जनाएको छ ।

‘रिडारा’मा ४२४ किलोमिटरको उत्कृष्ट रेञ्ज,  र ७३ किलोवाट क्षमताको ब्याट्रि रहेको छ । जुन कार्यक्षमता र वातावरणमैत्री प्रविधिको अद्वितीय संयोजन हो । नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै ‘रिडारा’  मा ७ फरक–फरक ड्राइभिङ मोडहरू उपलब्ध छन् । जसले सबै प्रकारका सडकमा सहज र सुरक्षित सवारी सुनिश्चित गर्छ ।

‘रिडारा’ अहिले प्रारम्भिक मूल्य ७९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ । जसले यसको उत्कृष्ट विशेषताहरू र वातावरणमैत्री प्रविधिलाई अझ मूल्यवान बनाउनले कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर