सिंहदरबार बैठक: सर्च कमिटी गठन गर्ने सहमतिपछि बाहिरिए प्रचण्ड, ओली-देउवा छलफलमै
लगत्तै मन्त्रिपरिषद् बैठक बस्ने

२०८१ चैत ११ गते १८:०३

काठमाडौं । तीन दलका शीर्ष नेताहरुको बैठकमा संक्रमणकालीन न्याय निरुपणको काम टुंग्याउने सर्च कमिटी गठन गर्ने सहमति भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल बाहिरिएका छन् ।
प्रचण्ड बाहिरिए पनि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली अझै छलफलमा छन् ।
सिंहदबारमा शीर्ष बैठकलगत्तै मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठकका लागि मन्त्रीहरु आइपुगेका छन् । त्यस्तै ओली र देउवा पनि छलफलमै छन् ।
प्रतिक्रिया