कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णय – Nepal Press

कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

यसअघि नै सरकारले हटाउनुभन्दा अगाडि तीनपटक स्पष्टीकरण सोधेको थियो ।


प्रतिक्रिया

One thought on “कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णय

  1. कम्तिमा काँग्रेस र माओवादीका नेताले हटाएको विरोध गर्न नैतिकताले पनि दिदैन यदि नैतिक हुन् भने । अनैतिकले त जे पनि बोल्छन् । कारण के भने सरकारले नियमपूर्वक नियुक्त गरेको हितेन्द्रलाई गैरकानूनी रूपमा हटाएर कुलमान नियुक्ति गर्दा नबोल्ने दलालहरूलाई अहिले बोल्न लाज लाग्नुपर्ने हो । कुलमानले पनि करिव ८ वर्ष खाईहाले। सधैं खान त उनको पेवा होईन नि प्राधिकरण । अब हितेन्द्रको पनि काम हेरौं न । प्रशारण लाईनका विज्ञ भनिन्छन् । अहिले प्रमुख समस्या प्रसारण लाईनको छ जसले गर्दा उत्पादन भएको विजुली, उत्पादन हुनसक्ने विजुली सिस्टममा जोडन सकिएको छैन । ८ वर्ष खाए पनि अहिले उद्योगमा १४ घण्टा लोडसेडिङ छदैछ । भारतले नदिएमा झनै बढने देखिन्छ । भने पछि कुलमानको ८ वर्षको उपलव्धी खोइ त ? उनी भगवान नै त होईन रहेछन् । त्यसैले मेरो विचारमा न उनीले अब अदालत जान सुहाउँछ न अरूले उनको सम्बन्धमा र‍ोईलो गर्न । उनी मार्फत फाईदा लिएका माओवादी, पत्रकारले त भजन गाउने नै भए । जनतालाई त कुलमानलेभन्दा हितेन्द्रले राम्रो गर्छन कि । हेरौं न । उनलाई पनि मौका दिउँ न । काम नगरे हटाए भैगयो । अनि अर्को कुरा कुनै दलालले हितेन्द्रलाई ओलिको सालो भनिदिएछ । शाक्यजति सबै ओलिका साला ? राणाजति सबै देउवाका साला ? यस्ता वाहियात कुरा पनि गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *