नेप्सेको सीईओमा नारदकुमार लुइँटेल नियुक्त – Nepal Press

नेप्सेको सीईओमा नारदकुमार लुइँटेल नियुक्त

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारदकुमार लुइँटेललाई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेप्सेको सीईओ पदका लागि १० जनाको आवेदन परेको थियो । जसमध्ये पाँच जनासँग कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो । जसमा लुइँटेलसहित चूडामणि चापागाईँ, पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका थिए ।

सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको थियो । योग्यता भएका इच्छुक नेपाली नागरिकबाट अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर