नौ लाख सस्तोमा आयो हुन्डाईको क्रेटा (भिडिओ) – Nepal Press

नौ लाख सस्तोमा आयो हुन्डाईको क्रेटा (भिडिओ)

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभी र क्रेटा आइसीइ (मेड इन नेपाल) सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

‘चुज युओर थीम’सहित हुन्डाईले नेपालले ग्राहकहरूको आवश्यकता र गतिशीलता अनुसार क्रेटा इलेक्ट्रिक र आइसीई दुबै मोडेल उपलब्ध गरेको छ । क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार रुपैयाँ र क्रेटा आइसीइ (मेड इन नेपाल) को प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार रुपैयाँ राखिएको छ ।

कम्पनीको सेल्स हेड दिवाकर रेग्मीका अनुसार २०२५ मा आयात गरिने आईसीइ मोडलहरूको मूल्यमा तुलना गर्दा ९ लाखसम्म कम रहेको छ । हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो ।

गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकलाई सुहाउने भएकोले १० हजारभन्दा धेरै ग्राहकहरूको रोजाइ र यात्राको साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ ।

क्रेटा इभीका मुख्य विशेषताहरूमा २०० एमएम ग्राउण्ड क्लियरेन्स र १७ डिग्रीभन्दा बढी ब्रेकओभर एंगल (सेग्मेन्ट मा सबैभन्दा उच्च) छ । जसले सहज ड्राइभिङ अनुभव प्रदान गर्छ । हुन्डाई नेपालले क्रेटा ईभीका लागि ८ वर्षको ब्याट्री वारेन्टी र क्रेटा आईसीईका लागि ३ वर्षको भेहिकल वारेन्टी उपलब्ध गराइने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर