कुलमान भन्छन्- सरकारको निर्णयविरुद्ध अदालत जानुपर्ला

२०८१ चैत ११ गते २२:२२

काठमाडौं । सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने निर्णयविरुद्ध अदालत जाने कुलमान घिसिङले बताएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकलाई उनलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
नेपाल प्रेससँग कुरा गर्दै आफूले त्यसबारे समाचारबाट थाहा पाएको उनले बताए । अब तपाईं अदालत जानुहुन्छ भन्ने प्रश्नमा कुलमानले भने, ‘मैले पनि समाचारबाट थाहा पाएँ । पहिला त आधिकारिक पत्र आउल त्यसपछि के गर्ने निर्णय गर्छु तर अदालत त जानुपर्ला ।’
प्रतिक्रिया
किन जानू? ८ वर्ष खाईहालेउ । पहिला हितेन्द्रको भाग खाएका थियौ । अब उनलाई पनि काम गर्ने मौका देउ न । प्राधिकरण तिम्रो निजी होईन क्यार । छोडिदियौ भने तिमी महान, खान खोजेमा चरम पदलोलुप ।
नेता, पार्टी र सरकारले जन आवाज सुन्न सकेन, जनभावना बुझ्न सकेन र तिनको सम्बोधन गर्न सकेन भने त्येशको परिणाम के हुन्छ ?? कुल्मानले भनेका थिए, ‘ओली सरकारले बनाएको योजना र कार्यविधि अनुसार काम हुँदा लोड सेडिंग हटाउन सफलता मिल्यो’ !! अहिले त्येस्तो के आइलाग्यो र कुलमान हटाउनै पर्यो : प्रस्ट भएन र स्वीकार्य भएन यो ?? जनताबाट टाढा भएकाले सोचेका छौ ??
नेपाल को विद्युत प्राधिकरण को प्रमुख को पद भाग्बन्डा मिलाएर खानलाई होइना।
जो सक्षम , इमानदार र देश हित मा कुनै स्वार्थ मा नपरी निरन्तर लागि पर्छ या परि रहेको छ उ नै विद्युत प्राधिकरण को प्रमुख को हकदार हुन्छ।
दलिय स्वार्थ र व्यक्तिगत स्वार्थ ले देश डुबाउन लागि सक्दा पनि अझै नेपाली जनता नजाग्ने हो भने देश अन्धकार को दल दल मा द्रुत गति मा फस्दै जाने छ।