प्रमुख प्रशासकीय अधिकृत विवादः सबैलाई टुकुचामा गाडिदिने बालेनको धम्की – Nepal Press

प्रमुख प्रशासकीय अधिकृत विवादः सबैलाई टुकुचामा गाडिदिने बालेनको धम्की

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरका सरसफाइ कर्मचारीले एक हप्ताभित्र तलब नपाए ’सबैलाई टुकुचामा गाडिदिनेझ धम्की दिएका हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै सो धम्की दिएका हुन् ।

सरकारको दम्भका कारण सरसफाइ कर्मचारीले तीन महिनादेखि तलव खान नपाएको बालेनको आरोप छ ।

उनले लेखेका छन्, ‘को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमीहरुको के के तन्त्र हो !!’

प्रमुख प्रशासकीय अधिकृतको विवादले महानगरपालिकामा कर्मचारीको तलव रोकिएको छ ।


प्रतिक्रिया

4 thoughts on “प्रमुख प्रशासकीय अधिकृत विवादः सबैलाई टुकुचामा गाडिदिने बालेनको धम्की

  1. प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्ने देउ । कि आरोप पुष्टि गर । कि अख्तियारमा उजुरी हाल । यस्ता अराजक कुरा गर्ने ? मान्छेलाई गाडिदिने भनेर अपराध कुरा गर्ने बालेनलाई कानून बमोजि सख्त कारवाही होस् । यो त अति भयो । अधिकृत नियुक्त नहुनुमा बालेन १ नम्बर दोषी ।

  2. बालेन शाहको होइन सरकारको हो । कामदारले तलब पाउनु पर्ने कि नपर्ने ? राजनिती साध्दैमा देशको उन्नती होला ?

  3. प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानविन गर्न बालेनले एउटा छानविन समिति बनाएका थिए । उक्त समितिले काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंले गल्ति नगरेको प्रतिवेदन तयार गर्यो ।

    तर, बालेनले उक्त प्रतिवेदन बुझ्न मानेनन् । त्यसपछि उनले महानगरकै तीन विभागीय प्रमुखहरुलाई आफूले चाहेअनुसारको प्रतिवेदन लेख्न लगाएका थिए । सोही प्रतिवेदन उनले आज फेसबुकमा हालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *