समाजवादीबाट फर्किएका २० जनाकाे प्रेस चाैतारीमा व्यवस्थापन, विश्वमणिलाई `वरिष्ठ नेता´ – Nepal Press

समाजवादीबाट फर्किएका २० जनाकाे प्रेस चाैतारीमा व्यवस्थापन, विश्वमणिलाई `वरिष्ठ नेता´

बिराटनगर । प्रेस चौतारीको १० औं महाधिवेशनले समाजवादी प्रेस संगठनबाट फर्किने २० जनालाई केन्द्रीय कमिटीमा व्यवस्थापन गरेको छ ।

चैत १० देखि बिराटनगरमा जारी महाधिवेशनबाट चौतारीमा फर्किने अभियानको नेतृत्व गर्ने समाजवादी प्रेस संगठनका तत्कालीन अध्यक्ष विश्वमणि सुवेदीलाई वरिष्ठ नेता घोषणा गरिएको छ ।

केन्द्रीय कमिटीको उपाध्यक्ष (महिला) मा कृपा भण्डारी निर्वाचित भइन् । उनी समाजवादीमा कोषाध्यक्ष थिइन् । लेखा आयोगमा सोही समूहका अर्जुन श्रेष्ठ अध्यक्ष, प्रेम बास्तोला सचिव भए ।

नीति आयोगको उपाध्यक्ष नेपोलियन चेपाङ चयन हुँदा १२ जना केन्द्रीय सदस्य भए । केन्द्रीय सदस्य हुनेमा सविन शर्मा, हरिप्रसाद जोशी, शम्भुजित दाहाल, नरेन्द्र बिष्ट, शशि कोइराला, रोशनी कठेत, प्रेमचन्द्र झा, प्रवीण साह, रमेश सुवेदी, बख्तियार अली, शिवकुमार काशी रिजाल र विनोद लम्साल छन् । अफरोज अर्पण, बुद्धकुमार श्रेष्ठसहितले केन्द्रीय आयोगको सदस्यको जिम्मेवारी पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर