कुलमानलाई हटाइएकोप्रति सत्तारुढ कांग्रेसका गगन-विश्वप्रकाशदेखि प्रचण्ड राजेन्द्रसम्मको विरोध


काठमाडौं । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेपछि चौतर्फी विरोध भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमानके कारण लोडसेडिङ हटेको बताउँदै सरकारको कदमको विरोध गरे । ‘सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ । कथित दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
त्यस्तै, सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि असन्तुष्टि व्यक्त गरेका छन् । थापाले सरकारले उल्टो बाटो हिँडेको टिप्पणी गरे । मन्त्रीले बाटो बिगारे प्रधानमन्त्रीले सम्हाल्नुपर्नेमा यहाँ प्रधानमन्त्रीले नै अनुमोदन गरिदिनु गलत भएको उनको भनाइ छ । सरकारका कामका बारेमा असन्तुष्टि सलबलाइरहेको र त्यसलाई सम्बोधन गर्नुपर्नेमा सरकारले आगोमा घिउ हालेको थापको भनाइ छ ।
‘हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो..तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन’, थापाले लेखेका छन् ।
त्यस्तै, महामन्त्री शर्माले भने सरकारले कुलमानलाई हटाउने निर्णय समयोचित नभएको भन्दै विमति प्रकट गरेका छन् ।
त्यस्तै, राप्रपाका अध्यक्षले अब देश पुनः ऊर्जा संकट हुन सक्ने जोखिम बढेको भन्दै सरकारको कदमको विरोध गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने बत्ति निभाएर विरोध गरेका छन् ।
काँग्रेस र माओवादीका नैतिकहिनहरूले विरोध गर्ने नै भए यस अघि हितेन्द्रलाई गैरकानूनी रूपमा हटाउँदा किन नबोलेको ? अहिले कुलमानले पत्रम् पुष्पम् गरिदिए कि क्या हो ? हितेन्द्रलाई मौका दिनै नहुने ? अर्काको भाग खान आएका कुलमान जसरी नियुक्त भए त्यसरी नै बर्खास्त भए । अचम्म के ? कुलमानले महान बन्ने हो भने मैले अहिलेसम्म जति सकें गरें । सरकारले मलाई रूचाएन। मलाई नियुक्ति गर्दा हितेन्द्रलाई हटाएरै गरेको हो । अब म बाहिर बसेर सहयोग गर्छु । मुद्दा हाल्दिन । नत्र ८ वर्ष खाँदा पनि नपुग्ने मान्छे रहेछ भन्ने बुझिन्छ । १४ घण्टा लोडसेडिङ् अहिले पनि छ । भारतले नदिएमा सबैतिर लोडसेडिङ् हुन्छ ।८ वर्ष खाए त । अनि अहिले पनि लोसेडिङ्? अहिले पनि भारतको भर? अनि कुलमान नै चाहिने किन ? माओवादीका नेता पाल्न ?
साइवर स्याल
Gagan thapa. Biswa prakash. Chandra vadari jasta neta vaneka lata sojha janata ko vabana ma aago tapne jinis hun. A baba congress thik xaina vane party xodnu. Hoina vane sara subida liyara tei party le gareko sab kam ma saxi basera vutro roilo?