कुलमान हटाएको विरोधमा अनेरास्ववियूले जलायो ऊर्जामन्त्रीकाे पुत्ला (भिडिओ)
२०८१ चैत १२ गते ९:४५

काठमाडौं । नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएको छ ।
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अनेरास्ववियूले मन्त्री खड्काको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेको हो ।
उनीहरुले प्रदर्शनीमार्गस्थि विश्वभाषा क्याम्पसबाट खड्काको पुत्ला जलाउँदै प्रदर्शन गरेका थिए । लगतै प्रहरीले हस्तक्षेप गरेर आगो निभाइएको छ ।
प्रतिक्रिया