हुन्डाईको क्रेटा ईभी र मेड इन नेपाल क्रेटा आईसीई सार्वजनिक


काठमाडौं । लक्ष्मी इन्टरकन्टि नेन्टल प्रा.लि.हुन्डाई गाडीको आधिकारिक वितरक क्रेटा EV र क्रेटा ICE (मेड इन नेपाल) को सार्वजनिक कार्यक्रम २४ मार्च २०२५ मा सोल्टी होटेलमामा सम्पन्न गर्यो। ‘CHOOSE YOUR FUTURE’ को थिमसहित हुन्डाईले नेपालले ग्राहकहरुको आवश्यकता र गतिशीलता अनुसार क्रेटा Electric र ICE दुबै मोडेल उपलब्ध गरेको छ । क्रेटा EV को प्रारम्भिक मूल्य रु. ५१,९६,००० र क्रेटा ICE (मेड इन नेपाल) को प्रारम्भिक मूल्य रु. ५३,९६,००० राखिएको छ । २०२५ मा आयात गरिने ICE मोडलहरूको मूल्यमा तुलना गर्दा ९ लाख सम्म कम रहेको छ । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते यङ को विशेष उपस्थिति रहेको थियो ।
हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो । गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले १०००० भन्दा धेरै ग्राहकहरुको रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ ।
हुन्डाई नेपाल ले ecosystem development मा पनि अगाडि बढ्दै नयाँ पहिचानको चारजिङ नेटवर्क ‘Re-Lax’ मार्फत DC चारजर नेटवर्क निर्माण गरिरहेको छ । जसमा repair shops पनि समाहित हुनेछन्, जसले चारजिङ convenience लाई अझ प्रभावकारी बनाउनेछ । साथै, ब्याट्री recycling र residual value management को लागि Attero India सँग सहकार्य गर्दै sustainability मा ध्यान दिइएको छ, जसको फाइदा ग्राहकले पाउनेछन् ।
क्रेटा EV का मुख्य विशेषताहरू
- २००mm ground clearance र १७ डिग्री भन्दा बढी breakover angle (segment मा सबैभन्दा उच्च ), जसले mild off-road मा सहज ड्राइभिङ अनुभव प्रदान गर्छ ।
- ११kW AC charging—(segment मा मात्र उपलब्ध) जसले household wall-mounted charger बाट मात्र ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
- Spare tire availability, जब कि धेरै प्रतिस्पर्धी ब्रान्डहरूले केवल repair kit मात्र उपलब्ध गराउँछन्।
- Advanced safety features, जस्तै ADAS, ६ airbags, र360 degree camera, जसले अधिकतम safety र convenience सुनिश्चित गर्दछ । हुन्डाई नेपाल ले क्रेटा EV का लागि ८ वर्षको ब्याट्री वारेन्टी र क्रेटा ICE का लागि ३ वर्षको vehicle वारेन्टी उपलब्ध गराउँदै ग्राहकलाई long-term reliability प्रदान गर्नेछ । बिगत एक दशक भन्दा बढी समय देखि नेपालमा हुन्डाई गाडीहरु उपलब्ध गराईरहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले उत्कृष्ट सेवा र ग्राहक को सन्तुष्टिलाई प्राथमिकता राखदै आएको छ । प्रिमियम तथा गुणस्तरीय सवारी, उच्च रीसेल भ्यालु र उत्कृष्ट बिक्री पछी को सेवा ले गर्दा नै हुन्डाई नेपाली उपभोक्ताहरूको शीर्ष रोजाईमा रहदै आएको छ ।