दुर्गा प्रसाईंको आन्दोलनको स्वामित्व नवराज सुवेदीले लिए, १५ गतेको प्रदर्शन सफल पार्न आह्वान – Nepal Press

दुर्गा प्रसाईंको आन्दोलनको स्वामित्व नवराज सुवेदीले लिए, १५ गतेको प्रदर्शन सफल पार्न आह्वान

काठमाडौं । राजसंस्था पुनःस्थापनाको मागसहित व्यवसायी दुर्गा प्रसाईंले यही चैत १५ गते आह्वान गरेको जनप्रदर्शनलाई नवराज सुवेदीले साथ दिने भएका छन् । उनले नेतृत्व गरेको राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समितिले उक्त प्रदर्शनको स्वामित्व लिएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सुवेदीले १५ गतेको जनप्रदर्शन सफल पार्न सबैसँग आह्वान गरेका छन् । अब उप्रान्त राजसंस्था पुनःस्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरुमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग र समर्थन रहने विज्ञप्तिमा जनाइएको छ ।

‘आउँदो शुक्रबार राजधानीमा हुन लागेको विशाल जनप्रदर्शनमा देशका सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा संघीयताविरोधी आम सर्वसाधारण राजनीतिक पार्टी र समूहहरुलाई साथ, सहयोग र समर्थन गर्न म हार्दिक अपील गर्छु । देश बचाउने र बनाउने हो भने हामीसँग अब अर्को विकल्प छैन’, उनले विज्ञप्तिमा भनेका छन् ।

माओवादीको नेतृत्वमा चैत १५ गते गणतन्त्रवादीहरुको शक्ति प्रदर्शन गर्ने घोषणा गरिएको छ । त्यसलाई काउन्टर दिन दुर्गा प्रसाईंले सोही दिन प्रदर्शन गर्ने तयारी गरेका हुन् । एकै दिन दुईथरि प्रदर्शन हुने भएपछि टकरावको खतरा उत्पन्न भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर