गहनान महायज्ञको शुभारम्भ गर्न पूर्वप्रधानमन्त्री देउवा डोटी आउने – Nepal Press

गहनान महायज्ञको शुभारम्भ गर्न पूर्वप्रधानमन्त्री देउवा डोटी आउने

डाेटी । डोटी जिल्लाको शिखर नगरपालिका-१०, गहनानमा हुने महायज्ञको शुभारम्भ पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले गर्ने भएका छन् ।

यही चैत्र १७ देखि २५ सम्म आयोजना हुने गहनान त्रिवेणी धाम श्रीमद देवी भागवत महापुराण ज्ञान धन धन्याञ्चल लक्ष्य हवन महायज्ञको शुभारम्भका लागि देउवा डोटी आउने महायज्ञ आयोजक समितिले जानकारी दिएको छ ।

डोटी र डडेल्धुरा जिल्लाको सिमानामा पर्ने गहनान भूमिराज देवताको देवस्थलमा महायज्ञ हुने महायज्ञ मूल आयोजक समितिका संयोजक ललित बलायरले बताए ।

यस क्षेत्रलाई शाकल्य ऋषिले तपस्या गरी ज्ञान आर्जन गरेको ठाउँ मानिन्छ । सिता (सेती) नदी र साकल्य नदी (सकाइली गाड) संगम स्थल रहेको यस क्षेत्रमा पौराणिक कथा महाभारतका मुख्य पात्रहरु ५ पाण्डवले तपस्या गरेको भन्ने समेत भनाई छ ।

महायज्ञमा आध्यात्मिक वाचक पण्डित श्री ऋषिकेष उपाध्याय प्रमुख बाचकका रुपमा रहने महायज्ञ मुल आयोजक समितिका संयोजक बलायर बताउँछन् ।

उनले भने, ‘महायज्ञमा तुला दान, अन्न दान, गौदान, आरती सेवा, विशेष पूजा, ब्राह्मण पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, व्रतबन्ध लगायत कार्यक्रमहरू हुनेछन् ।’

बलायरका अनुसार योग विज्ञान शिविर, शालिग्राम पुजन, देव भागवत, मुलपाठ, रुद्री श्रीमद्भागवत कथा प्रवचन, झाँकी बालसंस्कार कार्यक्रम, भजनकृतन पनि हुने छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *