कुलमान बर्खास्ति प्रकरणबारे प्रधानमन्त्रीः इस्यू पाइयो भनेर खुब उफ्रिराख्या छन् (भिडिओ) – Nepal Press

कुलमान बर्खास्ति प्रकरणबारे प्रधानमन्त्रीः इस्यू पाइयो भनेर खुब उफ्रिराख्या छन् (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति भइरहेको विरोधलाई लिएर असन्तुष्टी प्रकट गरेका छन् ।

तीललाई पहाड बनाउन खोजिएको उनको टिप्पणी छ । आज एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीले भने, ‘ससाना कुराहरुलाई तीलको पहाड बनाएर, त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ । अहिले पनि एउटा सानो त्यान्द्रो पाएजस्तो लाग्यो केही मान्छेलाई । खुब उफ्रिराख्या छन् । के-के न पायौं भनेर, इस्यू भेटियो भनेर कुदिराख्या छन् । हिजैदेखि सुरु छ वक्तव्यबाजी । यही मौका हो, यही त्यान्द्रो, यही डोरीलाई नाग बनाउनुपर्छ भनेर कुद्या छन् । केही अर्थ छैन । हामीले देश र जनताको हितका लागि काम गर्नुपर्छ ।’


प्रतिक्रिया

2 thoughts on “कुलमान बर्खास्ति प्रकरणबारे प्रधानमन्त्रीः इस्यू पाइयो भनेर खुब उफ्रिराख्या छन् (भिडिओ)

  1. माओवादीले त कुलमानलाई दुहुनो गाई बनाएकाे थियो । आक्रोशित हुने नै भए । फेरि भर्खर सरकारबाट हटेको अवस्थामा । रास्वपाका केहिलाई ओलि मन पर्दैन ।यसो सडकमा निस्कने नै भए । काँग्रेसका केही देउवा विरोधीहरू यस्तै ईस्यु उठाएर ओलिसँगको सम्बन्ध भाँडेर देउवालाई प्रधानमन्त्री खान नदिन निहुँको खोजिमा छन् । त्यसैले ती कराउने नै भए । केहि साधारण जनता चाहिँ कुलमान गएपछि कतै लोडसेडिङ् पो हुन्छ कि भनेर चिन्तित भएर विरोधमा होलान । तर म के भन्छु भने एकजनाले लोडसेडिङ् हटाउने होईन । यो त प्रणालीले गर्ने काम हो । कुलमान भए पनि अहिले उद्योगमा १२ घण्टा लोडसेडिङ भएर उद्योगी रूँदै हिडेका छन् । यसमा कुलमानको पनि दोष छैन । प्रणालीको दोष हो । प्रसारण लाईन मुख्य समस्या हो अहिले र अर्को पानी जम्मा गरेर तालजस्तो बनाएर उत्पादन गर्ने विद्युत आयोजना ( रिजरभ्वाएर) को कमीले हो । हिऊदमा लोडसेडिङ् अनि वर्षामा आयोजना बन्द गर नत्र प्राधिकरण घाटामा जान्छ भन्ने अवस्था छ । हितेन्द्र प्रसारण लाईनका विज्ञ मानिन्छन् । पहिला पनि नियुक्ति पाएर पिडित भएका । उनको पनि काम हेरौं न । कुलमानको भन्दा राम्रो काम गर्छु भनेकै छन् । कुलमानले ८ वर्ष खाईहाले नि । अब किन रोईलो ? हितेन्द्रलाई दिएर पनि नि हेरौं न । जनताले आत्तिनुपर्ने छैन । कुलमानले पालेका नेता र पत्रकार आम्दानी बन्द हुने भएकाले छटपटिएका मात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर