बालेनले मदिराको तालमा धम्की दिएको युवा संघको आरोप, कानूनी कठघरामा उभ्याउन माग


काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको काठमाडौं महानगर कमिटीले महानगरका मेयर बालेन्द्र साह बालेनले सोमबार राति मदिरा सेवन गरेर आपत्तिजनक स्टाटस लेखेको भन्दै अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ ।
कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मयर बालेनलाई कानूनी कठघरामा उभ्याउन सरोकारवाला निकायसँग संघले विज्ञप्तिमार्फत माग गरेको छ ।
अध्यक्ष दिपेश सुधाकारले एक विज्ञप्ति जारी गर्दै बालेनले लेखेको स्टाटस ‘…टुकुचामा गाड्छु…’ भन्ने अभिव्यक्तिप्रति युवा संघ महानगर कमिटीको ध्यानाकर्षण भएको जनाएका छन् ।
‘आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिकसञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभियव्यक्ति नदिन र तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन सचेत गराउँछौ’, विज्ञप्तिमा भनिएको छ ।
बालेन
लाइ पक्राउ पुर्जि जारि न गर जाठा हो दम छ युबा हो भने तिमीहरू को बाउहरू लाइ पक्राउ गरेर देखाउ न ।गरून किन है जिन्दगी रिल्याक्स छ नालाकौ साला देश को के हालत बनाइ सक्यो निकम्माहरू हार्दिक श्रद्धाञ्जली जाठा हो जनता ,देश बिरोधी ।जय देश
जय बालेन 
कालो काङ्ग्रेस , भ्रष्ट एमाले र हत्यारा माओवादीहरुलाई टुकुचामा गाडनु नै राम्रो हुन्छ!
भर्खरै टर्कीमा मेयरलाइ कानूनी दुरूपयोग गपेर थुन्दा जनबिद्रोह खप्न नसकेर टर्कीको राष्ट्रपति लुक्न भागेको थाहा छ होला। तिमीहरूको हालत फेरी त्यसतै होला।