कुलमान बर्खास्तिदेखि गभर्नर नियुक्ति समितिसहित यी हुन् मन्त्रिपरिषद्का २७ निर्णयहरु – Nepal Press

कुलमान बर्खास्तिदेखि गभर्नर नियुक्ति समितिसहित यी हुन् मन्त्रिपरिषद्का २७ निर्णयहरु

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिको सिफारिस गर्नका लागि अर्थमन्त्री बिष्णुप्रसाद पौडेलेको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री पौडेलको नेतृत्वमा गठित सिफारिस समितिको सदस्यमा पूर्व गर्भनर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा.विश्व पौडेल सदस्य रहेका सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको छ ।

सिफारिस समितिको सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा अध्यक्षले तोकेको सदस्य सहित पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खाती, डा.अर्जुनकुमार कार्की र स्टेला तामाङ रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर