कुलमान हटाउने र हितेन्द्र ल्याउने मन्त्रिपरिषद्को निर्णय प्रमाणित – Nepal Press

कुलमान हटाउने र हितेन्द्र ल्याउने मन्त्रिपरिषद्को निर्णय प्रमाणित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने तथा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय प्रमाणित भएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को निर्णय एक घण्टा अघि मुख्यसचिव एकनारायण अर्यालले प्रमाणित गरेर उर्जा, जलस्रोत तथा सिंचाई मन्त्राललाई पठाइसकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णय मुख्य सचिवले प्रमाणित गरेर मन्त्रालयमा पठाएपछि अब कार्यान्वयनमा जाने भएको छ ।

तर, निर्णय प्रमाणित गर्न ढिलाइ गरेर घिसिङले पत्र नपाए पनि उनी मंगलबार प्राधिकरणमा गएनन् । साथै पत्र नपाएका कारण नवनियुक्त कार्यकारी निर्देशक शाक्यको पनि पदभार ग्रहण हुनसकेको छैन ।

बर्खास्तिमा परेका घिसिङ भने पत्र पाउनासाथ कानूनी उपचारका लागि अदालत जाने तयारीमा रहेका छन् ।

मन्त्रालय स्रोतका अनुसार साँझ ५ बजेसम्म मन्त्रालयमा पत्र आइपुगेको थिएन । स्रोतका अनुसार मुख्यसचिवबाट ढिलोगरी निर्णय प्रमाणीकरण भएर आएकाले अब बुधबार मात्रै नयाँ नियुक्ति प्रक्रिया अघि बढ्ने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *