प्रधानमन्त्री ओली ५ दिने थाइल्याण्ड भ्रमणमा जाँदै

२०८१ चैत १२ गते १८:४०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ५ दिने थाइल्याण्डको भ्रमणमा जाने भएका छन् ।
चैत १९ देखि २३ सम्म प्रधानमन्त्री ओलीको नेतृत्वमा हुने थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागि हुने प्रतिनिधि मण्डलको भ्रमण सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।
बैठकले आगामी वैशाख २ देखि ४ सम्म युएईको अबुधाबीमा सञ्चालन हुने अबुधाबी ग्लोबल हेल्थ विक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई सहभागि हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर