पाटन क्याम्पसमा चैत १६ गते स्ववियू निर्वाचन हुने – Nepal Press

पाटन क्याम्पसमा चैत १६ गते स्ववियू निर्वाचन हुने

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा अवरुद्ध भएको स्ववियू निर्वाचन चैत १६ गते हुने भएको छ ।

स्ववियू निर्वाचन समितिले सूचना जारी गर्दै निर्वाचनको मितिबारे जानकारी दिएको हो । तोकिएको दिन बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने निर्वाचन अधिकृत छविराम बरालले जानकारी दिएका छन् ।

यसअघि चैत ५ मा हुने भनिएको चुनाव विद्यार्थी संगठनहरुको विवादले रोकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर