त्रिचन्द्रमा फेरि स्ववियू निर्वाचन स्थगित

२०८१ चैत १३ गते ८:१७

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा आजका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन स्थगित भएको छ ।
चैत ५ गते तोकिएको निर्वाचन मूलगेटमा नै तालाबन्दी भएपछि रोकिएको थियो । त्यसपछि आजका लागि तय भएको थियो ।
आज बिहान ८ बजेबाट मतदान हुने भनिए पनि सहज वातावरण नभएको भन्दै स्थगित गरिएको निर्वाचन अधिकृत अंगदमणि गौतमले बताए ।
केही विद्यार्थीले फेरि मूख्यगेटमा तालाबन्दी गरेकाले अर्को सूचना प्रकाशन नभएसम्म निर्वाचन रोकिएको उनले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर