कुलमान बर्खास्तीको निर्णयविरुद्ध विपक्षी दलले संसदमा प्रतिरोध गर्ने (भिडिओ)


काठमाडौं । विपक्षी दलहरूले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध संसदमा विरोध गर्ने भएको छ ।
आज बसेको विपक्षी दलहरूको बैठकले कुलमानलाई गैरकानूनी रुपमा बर्खास्त गरिएको निष्कर्ष निकाल्दै विरोध गर्ने निर्णय भएको रास्वपा नेता सन्तोष परियारले बताए ।
उनले भने, ‘सरकारका पछिल्ला गतिविधि र निर्णयहरूको बारेमा छलफल भएको छ । सरकारले संख्याको दम्भ देखाउँदै कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ । विधि विधान बाहिर अनुशासन बाहिर गएर शक्ति प्रयोग गरेर सरकारले गरेको यो यस्ता अरू गतिविधिहरुविरुद्ध सदनमा आवाज उठाउने निर्णय भएको छ ।’
उनले सडकमा पनि विरोध जारी रहने बताए । सरकारले मन्त्रीहरूको हितमा नभई जनताको हितमा काम गर्नुपर्नेमा त्यस्तो हुन नसकेको उनको भनाई छ ।
यसमध्येको एक भारतीय दलाल दलले होईन हितेन्द्रदेवलाई निकालेर अवकाशप्राप्त कुलमानलाई नियुक्ती दिएको ? हितेन्द्रले राम्रो काम गर्दागर्दै विना कारण हटाएर कुलमानलाई नियुक्ति गर्दा त्यो दलाल दलले कति पैसा खाएको थियो र पछि पनि दुहुनो गाई बनाएर कति असुल्यो छानबिन गर । यी फटाहाहरूले संसद अवरूद्व गरेमा मर्यादापालक लगाएर गलहत्याएर संसद भवन बाहिर बाटोमा ल्याएर छोडिदेउ । यी संसदमा भएकाले संसद संसद जस्तो देखिएको छैन ।