नबिल बैंकका सीईओ ढुंगानाको राजीनामा स्वीकृत, कामु सीईओमा ज्ञवाली नियुक्त


काठमाडौं । नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएपछि उनलाई कामु सीईओमा नियुक्ति गरिएको हो ।
बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले ढुंगानाले दिएको राजीनामा स्वीकृत गर्दै ज्ञवालीलाई कामु सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो । ज्ञवाली हाल वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) रहेका थिए ।
२०७७ सालमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएपछि उनी नबिल बैंकमा जोडिएका थिए । त्यसबेला ज्ञवाली नबिल बैंकको नायब महाप्रबन्धकमा नियुक्त भएका थिए ।