बालुवाटारमा सत्ताधारी दलको बैठक

२०८१ चैत १३ गते ११:५९

काठमाडौं । सत्ताधारी दलको बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको हो ।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीले बैठक राखेका हुन् । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवादेखि सत्ता गठबन्धनमा रहेका सबै दलका शीर्ष नेता सहभागी छन् ।
सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेपछि चर्को आलोचना भइरहेको छ । यो विषयमा सत्तारुढ दल र नेता नै विभाजित छन् ।
विपक्षी दलहरूले कुलमान घिसिङलाई हटाइएको विरोधमा सदन अवरोध गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर