सेन्ट्रल प्लाजाको आगलागीमा फसेकाहरुको हेलिकप्टरबाट उद्धार गरिँदै – Nepal Press

सेन्ट्रल प्लाजाको आगलागीमा फसेकाहरुको हेलिकप्टरबाट उद्धार गरिँदै

काठमाडौं । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगलागीमा फसेकाहरुको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर पुगेको छ ।

काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर इटहरी पुगेको हो । हेलिकप्टरबाट आगलागी भएको भवनभित्र फसेकाहरुको उद्धार गर्ने प्रयास भइरहेको छ । अहिले उद्धार प्रयास जारी छ ।

प्लाजामा बुधबार बिहान साढे ९ बजेदेखि  सुरु भएकाे आगलागी  अझै नियन्त्रणमा आउन सकेकाे छैन । आगलागी भएको भवनबाट सात जनाको उद्धार गरिएको  थियाे भने केही मानिस अझै पनि उक्त भवनमा फसेका छन्।

अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। दमकलबाट आगाे निभाउने प्रयास भइरहेकाे छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *