भूमि अध्यादेशबाट सरकार ब्याक, नियमित विधेयकको रूपमा अघि बढाउने (भिडिओ) – Nepal Press

भूमि अध्यादेशबाट सरकार ब्याक, नियमित विधेयकको रूपमा अघि बढाउने (भिडिओ)

काठमाडौं । सत्ताधारी दलको बैठकले भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय गरेको छ।

बालुवाटारमा बसेको गठबन्धनको बैठकले अध्यादेश अगाडि बढाउन नसक्ने निष्कर्ष निकालेको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए।

उनले भने, ‘अब यो नियमित विधेयकको रूपमा अघि बढ्छ, विधेयक अघि सार्दा अरू सत्तारुढ अरू दलहरूले उठाएको विषयहरू पनि समेटेर लैजाने सहमति भएको छ।’

राष्ट्रियसभामा निर्णायक रहेका जसपा नेपालले भूमि अध्यादेशको विपक्षमा उभिएपछि सरकार पछि हटेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर