तीनकुनेमा पोलमा लागेको आगो नियन्त्रणमा (भिडिओ) – Nepal Press

तीनकुनेमा पोलमा लागेको आगो नियन्त्रणमा (भिडिओ)

काठमाडौं । काठमाडौंको तीनकुनेमा विद्युतको पोलमा आगलागी भएको छ ।

बुधबार बिहान लागेको आगो सुरक्षाकर्मीले दमकल र ग्याँसको प्रयोग गरेर नियन्त्रणमा लिएका छन् । विद्युत् सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

आगलागीबाट बिजुलीको पोलमा बाँधिएका तारहरू जलेका छन् । काठमाडौंमा रहेका पोलमा विद्युत् सट भएर पटक पटक आगलागी हुने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *