संघीय निजामती सेवा विधेयकबारे संयुक्त कर्मचारी संगठनले प्रचण्डलाई बुझाए १९ बुँदे मागपत्र


काठमाडौं । संयुक्त कर्मचारी ट्रेडयुनियन सञ्जालको प्रतिनिधिमण्डलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने अन्तर्वस्तु सम्बन्धमा सञ्जालका साझा धारणाको रूपमा १९ बुँदे मागपत्र बुझाएको छ ।
अध्यक्ष प्रचण्डलाई भेटेर संयुक्त कर्मचारी ट्रेडयुनियन सञ्जालको प्रतिनिधिमण्डलले मागपत्र बुझाएका हुन्।
माग पत्र बुझ्दै अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको संयुक्त जनआन्दोलन, संविधान निर्माण, संघीयताको प्रशासनिक कार्यान्वयन र जनताको घरदैलोमा सेवा प्रवाह गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका रहेकोले कर्मचारीको वृत्ति विकास तथा पेशागत अधिकार थप व्यवस्थित गर्न पार्टीको तर्फबाट कुनै कसर बाँकी नराख्ने कुरा बताए।