ललितपुर १ मा युवाहरूलाई एक महिने नि:शुल्क डिजिटल मार्केटिङ तालिम – Nepal Press

ललितपुर १ मा युवाहरूलाई एक महिने नि:शुल्क डिजिटल मार्केटिङ तालिम

ललितपुर । ललितपुर महानगरपालिकामा ३० दिने निःशुल्क डिजिटल मार्केटिङ तालिमको सुरुवात गरिएको छ । वडा नम्बर १ युवा क्लबको आयोजनामा अप स्किल्स नेपालसँगको सहकार्यमा आयोजित तालिमको उद्घाटन वडाध्यक्ष निर्मल तण्डुकारले बिरुवा रोपेर गरेका हुन्।

डिजिटल युगमा युवाहरूलाई सक्षम बनाउने र उनीहरूलाई आत्मनिर्भर बनाउनु तालिमको मुख्य उद्देश्य रहेको बताइएको छ । युवा क्लबले प्लास्टिकको प्रयोगलाई न्यून गर्दै कार्यक्रमको ब्यानर इक-फ्रेन्डली सामग्रीबाट निर्माण गरेको थियो। साथै, संस्कृति र वातावरण संरक्षण दुवैलाई प्रवर्द्धनअतिथिहरूलाई परम्परागत खादा वा फूलको मालाको सट्टा पीपलको पात प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै युवा क्लबका अध्यक्ष आर्सी ढकालले भनिन् ‘हामी युवाको सीप विकास र अवसर सिर्जनाका लागि सधैं अगाडि छौं। डिजिटल मार्केटिङजस्तो आधुनिक सीप सिक्न पाए युवाहरूलाई रोजगार तथा उद्यमशीलताको ढोका खुल्नेछ।

युवा क्लबले आगामी दिनहरूमा पनि युवाका लागि व्यावहारिक सीपमूलक कार्यक्रमहरू ल्याउने जनाएको छ। ३० दिनसम्म सञ्चालन हुने यो तालिमबाट सहभागीहरूले डिजिटल मार्केटिङ, ब्रान्ड प्रवर्द्धन, सामाजिक सञ्जाल प्रवन्धन, अनलाइन विज्ञापन जस्ता उपयोगी ज्ञान हासिल गर्नेछन्।

स्थानिय युवाहरू, व्यवसायी तथा डिजिटल क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा, सहभागीहरूले यस्ता तालिमहरूले भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *