गृहमन्त्री भन्छन्- तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौं (भिडिओ) – Nepal Press

गृहमन्त्री भन्छन्- तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौं (भिडिओ)

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिँडिसकेको नेपाली समाज पछि फर्कन नसक्ने प्रष्ट्याएका छन् ।

बुधबार भक्तपुरमा जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरको नवनिर्मित भवन उद्घाटन गर्दे गृहमन्त्री लेखकले लोकतन्त्रको कुनै विकल्प नरहेको बताए । लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस भइरहेको जिकिर गरे ।

‘लोकतन्त्र र गणतन्त्रमा सरकारले जनताको कुरा सुन्छ र भन्छ । आफ्ना कमीकमजोरी सुधारेर जाने क्षमता लोकतन्त्रमा हुने गर्छ । कुनै तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौं’, उनले भने ।


प्रतिक्रिया

One thought on “गृहमन्त्री भन्छन्- तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौं (भिडिओ)

  1. ऐले तैले चाहि के गरी राखेकोछस गधा, कुपात्र|बाधी आएको बेलामा सुतेर मरेको होइनस त|के चाहि गरेकोछास र नि ऐले सम्म|

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर