विपक्षी दलको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित (भिडिओ)

२०८१ चैत १३ गते १५:२३

सदन अवरोध गर्दै विपक्षी दलका सांसद, फाइल तस्बिर ।
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलको अवराेधपछि भोलि विहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको हो ।
आज बसेको पहिलो बैठक अवरुद्ध भएपछि केही समयका लागि स्थगन भएको थियो । दोस्रो पटक बसेको बैठक पनि प्रतिपक्षी दलका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले उक्त बैठक बिहीबार बस्ने जानकारी दिए ।
यसअघि सभामुख घिमिरेले पटक–पटक सदन सञ्चालनको वातावरण बनाउन प्रतिपक्षी दलका सांसदहरुलाई अनुरोधसहितको रुलिङ गरेका थिए ।
आजको बैठकको प्रारम्भमै प्रतिपक्षी दलका सांसदहरुले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए । उनीहरुले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै संसद अवरुद्ध गरेका थिए ।
प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजे बस्ने तय भएको छ ।
प्रतिक्रिया
बाँदरले आफ्नो घर बनाउँदैन र अर्कोलाई पनि बनाउन दिदैन ।
रास्वपाको त विरोध गर्ने हक होला । तर यो माओवादी र समाजवादी चाहिँ संसारमै नभएका नैतिकहिन देखिए । हितेन्द्रलाई विना कारण हटाएर कुलमानलाई नियुक्ति गर्ने फटाहाहरूलाई अहिले कुलमान हटाएको भनेर विरोध गर्न लाज छैन ? त्यतिबेला कुलमान नियुक्ति गर्न माओवादीले पैसा खाएको र पछि पनि निरन्तर कुलमानले पालेको भन्ने पनि आरोप छ । त्यसको राम्रोसँग छानबिन होस् । यस्ता अलिकति पनि नैतिकता नभएका दलालहरूलाई मर्यादापालक लगाएर घोक्राएर संसदबाट बाहिर निकाल सभामुख ।यस्ता दलालहरू देशलाई भारी भैसक्यो । यी त दिल्लीले पालेका टट्टु हुन् ।