कालीगण्डकी नदीको गड्गडीमा पुल निर्माणका लागि दबाब दिन स्थानीय पुगे सडक विभाग – Nepal Press

कालीगण्डकी नदीको गड्गडीमा पुल निर्माणका लागि दबाब दिन स्थानीय पुगे सडक विभाग

कावासोती । नवलपुरको कोखेटार र तनहुँको मधुवन जोड्ने पक्की पुल निर्माणमा ढिलाई भएपछि स्थानीयहरु सडक विभाग पुगेका छन् ।

नवलपुरको बुलिङटार गाउँपालिका वडा नं. ४ कोखेटार र तनहुँको रिसिङ गाउँपालिका वडा नं.४ मधुवन जोड्ने पक्की पुल निर्माणका लागि ९ वर्ष लाग्दा पनि काम सम्पन्न नभएपछि स्थानीयहरु सडक विभाग पुगेका हुन् ।

पटक पटक निर्माण कम्पनी र कार्यालयलाई अनुरोध गर्दा कामले गति लिन नसकेपछि विभागलाई गुर्हान परेको नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य एवम् युवा नेता विद्रोही गिरीले बताए ।

पुल सेक्टर कार्यालय पोखराका कार्यालय प्रमुख ज्ञानेन्द्र कनौली , बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी सहितको टोलीले सडक विभागका महानिर्देशक रामहरि पोखरेलाई भेटेर थपिएको म्यादभित्रै पुलको निर्माण कार्य सम्पन्न गर्न आग्रह गरिएको टोलीका युवा नेता गिरीले जानकारी दिए ।

२०७३ असार २९ गते पुल सेक्टर कार्यालय पोखरासँग सम्झौताभई लुम्बिनी बिल्डर्स–नागर्जुन–स्वच्छद जेवीले काम थालेका थिए । २०७७ बैशाख २८ गते काम सक्नुपर्ने सम्झौता रहेको थियो । समयमा काम नसकेपछि थपिएको म्याद समेत २०८२ चैत्र ७गते सकिदैछ ।

५० प्रतिशत भौतिक र झण्डै हाराहारीमा बित्तिय प्रगति भए पनि काम हुन नसक्दा कार्यालय प्रमुख सहितको टोलीले महानिर्देशक पोखरेललाई भेटे गरेको हो । निर्माणमा देखिएको समस्याहल गरेर तोकिएकै समयमा काम सम्पन्न गराउने गरी विभागले निर्माण कम्पनीलाई निर्देशनदिने उनले टोलीलाई आश्वासन दिए ।

हरेकहिउँदमा दुई चार जना मजदुर केही समय राख्ने र बर्षा लाग्यो भन्दै काम नगर्दा पुलको निर्माण हुन नसकेको हो । कुनै पनि बहानामा अब निर्माण रोकिन्न महानिर्देशक पोखरेल भने– ‘निर्माण रोकिने समस्याहुदैन काम हुन्छ ढुक्क हुनुहोस् हाम्रो निगरानी हुन्छ’

२२० मिटर लामो पुलको ६ वटा पिल्लर बनाउनपर्नेमा पाँच वटा बनिसकेको र एउटा बनाउन बाँकी छ त्यसको पनि जमिनमुनीको भागको काम सकिएकाले निर्माण पक्षले ध्यान दिँदा काम सहजहुने पुल सेक्टर कार्यालय पोखराका प्रमुख ज्ञानेन्द्र कनौलीले जानकारी दिए ।

काम अनुसारको भुक्तानीको कुनै समस्या छैन तर बहाना बनाएर निर्माण रोक्न भएन उनले भने।

सदरमुकाम कावासोतीबाट तनहुँको भिमादहुदै पोखरा पुग्ने यात्रुका लागि यो पुलनिर्माण हुँदा यात्रामा १५ किलोमिटरबाटो छोटो हुन्छ । नवलपुरलाई प्रदेश राजधानी पोखरालाई जोड्न पनि यो पुल निर्माण महत्वपूर्ण रहेको छ ।

बुलिङटार भित्र थालनी भएका योजनाहरु सम्पन्न गर्न पहिलो प्राथमिकताका साथ लागिएको गाउँपालिकाअध्यक्षदिपेन्द्र सुनारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *