‘एउटा कर्मचारीको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक’


काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक कुरा भएको टिप्पणी गरेका छ्न् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले माओवादीले एउटा व्यक्तिलाई देवत्वकरण गर्ने काम गरेको र त्यसलाई जोडेर प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक कुरा भएको बताए ।
विपक्षी दलले नियोजित रूपमा संसदलाई अवरोध सिर्जना गरेको उनको आरोप छ । बर्तौलाले सरकारले आवश्यक ठान्दा नियुक्ति वा कारवाही गर्नु सामान्य विषय भएकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग उचित नभएको प्रष्ट्याए ।
‘यस विषयमा सरकारका तर्फबाट विगीय मन्त्रीले जवाफ दिन सक्ने तर प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने मागबाट विपक्षी पछि हट्नुपर्छ’, बर्तौलाले भने ।
कानूनबमोजिम भएका कुरालाई आन्दोलनको विषय बनाउन नहुने र कुनै असन्तुष्टि भए अदालतको ढोका खुल्लै रहेको उनको भनाइ थियो ।
प्रचण्ड माँओवादी नामका दलालहरूलाई त अलिकति लाज भन्ने कुरा पनि छैन कि क्या हो ? पहिला हितेन्द्रलाई निकालेकोमा टुडिखेलमा उभिएर मिडियाको अघि प्रचण्डले कान समाएर १००० पटक उठबस् गर् अनि पत्याउँला संसद अवरूद्वको कामलाई । विदेशीका भाडाका टट्टुहरू धेरै चुम्रुक चुम्रुक नगर् ।