जातीय छुवाछूत मुद्दामा औरही गापा अध्यक्ष र पूर्ववडाध्यक्षलाई दोस्रो पटक म्याद थप – Nepal Press

जातीय छुवाछूत मुद्दामा औरही गापा अध्यक्ष र पूर्ववडाध्यक्षलाई दोस्रो पटक म्याद थप

जनकपुरधाम । महायज्ञका नाममा अछूत भन्दै दलित डोमको घरमा डोजर चलाएर उठिबास लगाएको आरोपमा पक्राउ परेका औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवमाथि दोस्रो पटक म्याद थप भएको छ ।

गापा अध्यक्ष र पूर्ववडाध्यक्षमाथि जिल्ला अदालत सिरहाले प्रहरीलाई अनुसन्धान गर्न थप तीन दिनको समय दिएको हो । उनीहरु दुबैलाई हिरासतमै राखेर अनुसन्धान गर्न दोस्रो पटक ३ दिनको म्याद थप भएको अदालतका स्रेस्तेदार निरज पोखरेलले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको थियो । उनीहरुविरुद्ध शनिबार औरही गाउँपालिका– ५ का पीडित दीपक मल्लिकले जातीय भेदभाव तथा छुवाछूत कसुरमा जाहेरी दिएका थिए ।

जाहेरी महायज्ञ गराउने मुख्य पुजारी बजरंगी बाबाविरुद्ध पनि परेको छ । उनी भने फरार रहेको छन् ।

पक्राउ परेका गापा अध्यक्ष र पूर्ववडाध्यक्षलाई प्रहरीले आइतबार अदालतमा पेश गर्दा अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको थियो ।

जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानूनी व्यवस्था छ, तर गापा अध्यक्ष र पूर्ववडाध्यक्षलाई छुटाउन पीडितलाई प्रलोभनमा पारेर बयान फेर्नदेखि मुद्दा कमजोर पार्न प्रशासनलाई समेत दबाब दिने थालिएको स्रोतको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर