कुलमानबारे समाजवादी मोर्चाले भन्याे- प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्दैन (भिडिओ)


काठमाडौं । समाजवादी मोर्चाले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयबारे प्रधानमन्त्री केपी ओलीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने बताएको छ ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले कुलमानको मात्रै नभएर अध्यादेश र सुशासनको विषयमा पनि सदनमा विरोध जनाइएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।
उनले भने, ‘सदनमा चलेको संघर्षको विषयमा संसदमा भएको पार्टीका लिडरहरुले जानकारी गराउनुभएको थियो । त्योलगायत कतिपय अध्यादेश र सुशासनको कुराहरु पनि छ । यो सबै विषयलाई लिएर प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहनेछ ।’
विपक्षी दलहरुले कुलमानबारे प्रधानमन्त्रीको जवाफ माग्दै गर्दा प्रधानमन्त्रीले भने एउटा कर्मचारी हटाइयो, अर्को नियुक्त गरियो, सकियो भन्दै चिसै पानीले नुहाउनुपर्ने जवाफ फर्काएका छन् ।