सिरहाबाट प्रहरी तानिए: राष्ट्रपतिको ज्वाइँ भन्थे, हेडक्वार्टरले तान्यो – Nepal Press

सिरहाबाट प्रहरी तानिए: राष्ट्रपतिको ज्वाइँ भन्थे, हेडक्वार्टरले तान्यो

काठमाडौं । नाताले राष्ट्रपति रामचन्द्र पौडेलको ज्वाइँ पर्ने एसपीलाई जिम्मेवारीबाट हटाएको २४ घण्टा नपुग्दै सिरहाका डीएसपी पनि जिम्मेवारीमुक्त भएका छन् ।

दलित परिवारमाथि ज्यादती गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट एसपीपछि लहानका डीएसपीको जिम्मेवारी खोसिएको हो ।

कार्यअवधि नपुग्दै एसपी रमेश पण्डित मंगलबार त्यहाँबाट हटाइएका थिए । उनको ठाउँमा अर्का एसपी अनन्तराम शर्मा खटाइएका छन् । उनी पोखरास्थित गणमा कार्यरत थिए ।

पण्डित जिम्मेवारीमुक्त भएसँगै सिरहास्थित इप्रका लहानका प्रमुख डीएसपी विष्णुप्रसाद सोती पनि तानिएका हुन् । त्यहाँ डीएसपी हिरेन्द्र रोकाया गएका छन् ।

एसपी पण्डित नाताले राष्ट्रपति पौडेलका ज्वाइँ हुन् ।

औरही गाउँपालिका- ५ मा महायज्ञका नाममा दलित परिवारको आँगनमा डोजर चलाइएको विषय व्यापक भएपछि जिल्लाका सीडीओ र एसपी विवादमा मुछिएका थिए । प्रहरी प्रधान कार्यालयको छानबिनमा डीएसपी सोती पनि दोषी देखिएपछि उनी तानिएको प्रहरी स्रोतले बतायो ।

यही प्रकरणमा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल जिम्मेवारीमुक्त भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *