दुर्घटनामा परी तिलोत्तमाका कार्यपालिका सदस्य पाठकको मृत्यु


रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नं २ का सदस्य खेमराज (रामकृष्ण) पाठकको दुर्घटनामा मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका- २ जानकीनगरका स्थायी बासिन्दा पाठक जानकीनगरबाट बुटवल जाने क्रममा बुटवल उपमहानगरपालिका- १० चौराहमा दुर्घटनामा परेका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आज दिउँसो उनले चलाएको लु ३६प ८४४८ नम्बरको मोटरसाइकलमा बुटवलतर्फ जाँदै गरेका पाठकले बा ०१०३१च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनका छोराहरु क्यानडा रहेकाले अन्त्येष्टि कहिले र कहाँ गर्ने टुंगो नलागेको आफन्तले जनाएका छन् ।