अर्घाखाँचीको सुपादेउराली जाँदै गरेको बस दुर्घटना, तीन जना गम्भीर घाइते – Nepal Press

अर्घाखाँचीको सुपादेउराली जाँदै गरेको बस दुर्घटना, तीन जना गम्भीर घाइते

रुपन्देही । पश्चिम नवलपरासीबाट अर्घाखाँचीको सुपा देउराली दर्शनमा गएको बस दुर्घटनामा पर्दा डेढ दर्जन घाइते भएका छन् ।

शितगंगा नगरपालिका- २ भुवनपाटामा बुधबार अपरान्ह बस दुर्घटना हुँदा १९ जना घाइते भएको प्रहरीले जनाएको छ । लु २ ख ३०३ नम्बरको यात्रुबाहक बस भुवनपाटा ओरालो सडकबाट तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दुर्घटनामा ३ जनाको अवस्था गम्भीर रहेको र घटनाको सबै विवरण आउन बाँकी रहेको जनाएको छ । प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए । गम्भीर घाइतेलाई उपचारका लागि बुटवलतर्फ पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *