अर्घाखाँचीमा बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ४ पुग्याे


रुपन्देही । अर्घाखाँचीको सुपादेउराली दर्शनका लागि गएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । नवलपरासीबाट गएको लु २ ख ३०३ नम्बरको सो बस शितगंगा नगरपालिका–२ भुवनपाटामा दुर्घटनामा परेको हो ।
बस ओरालोमा सडकबाट तल खसेको थियो । ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने अन्दाजी ४५ वर्षीया उमा न्यौपाने र ६५ वर्षीया उमाकी सासु ९नाम नखुलेकी० रहेका छन् ।
त्यस्तै पश्चिम बर्दघाट बस्ने वर्ष ५० का बस चालक मदनकुमार विक रहेको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले मृत घोषणा गरेको छ ।
दुर्घटनामा २८ जना यात्रु घाइते भएका छन् । जसमध्ये गम्भीर घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–१२ बस्ने ३६ वर्षीय सन्तोष कँडेल, ४ वर्षीय अमर कँडेल, ३१ वर्षीय आशीष अधिकारी, २७ वर्षीया लक्ष्मी अधिकारी, ४ वर्षीया आन्दा अधिकारी, १४ वर्षीय आयान्स अधिकारीलाई बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको छ ।