हेटौँडामा देवरले गरे भाउजूको हत्या – Nepal Press

हेटौँडामा देवरले गरे भाउजूको हत्या

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा देवरले भाउजूको हत्या गरेका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१ बस्ने २२ वर्षका राहुल दासले घरायसी विवादको कारण खुकुरी प्रहार गरी भाउजूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राहुलले ३५ वर्षकी गुडिया दासलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकोमा उनको मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्काले बताए ।

रुपेशले आफ्ना माइलो दाजु रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने राहुललाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर