गभर्नर बन्न धमाधम राजीनामा दिँदै आकांक्षी, ढुंगानापछि श्रेष्ठले छोडे जागिर – Nepal Press

गभर्नर बन्न धमाधम राजीनामा दिँदै आकांक्षी, ढुंगानापछि श्रेष्ठले छोडे जागिर

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति रोचक बन्दै गएको छ । गभर्नर बन्ने आकांक्षीहरू धमाधम जागिर छोडिरहेका छन् ।

बुधवार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठ भावी गभर्नरका आकांक्षीमध्ये एक हुन् ।

श्रेष्ठ एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष थिए । साथै अर्थमन्त्रीको आर्थिक सल्लाकारको रूपमा काम गरेको उनीसँग अनुभव छ ।

केहीदिन अगाडि पनि अर्का एक आकांक्षीले राजीनामा दिएका थिए । गभर्नर बन्ने दौडमा रहेका नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आउँदो चैत्र २४ गते सकिँदै छ । वि।स २०७६ चैत २४ गते अधिकारी ५ वर्षको लागि राष्ट्र बैंकको गभर्नर नियुक्त भएका थिए । उनको कार्यकाल सकिन लाग्दा गभर्नर बन्नका लागि एक दर्जन आकांक्षीहरुले लबिङ गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर